×
images

गुन्द्रुक देखि आलु र इस्कुसबाट चिप्स बनाउन सिकाउदै इलाम नगरपालिका

इलाम । इलामका ग्रामीण भेगमा किसानको घरका बारीभरीे साग उत्पादन हुन्छ । कतिपय किसानले आफूले बेलाबखत खाने र चैत–बैसाखका लागि ‘गुन्द्रुक’ हाल्ने गरेका छन् । तर उत्पादन भएको सबै साग खाएर र गुन्द्रुक हालेर सकिँदैन । उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खोले खुवाएर सक्ने गरेका छन् । गाउँमा तरकारी किन्न व्यापारी पनि पुग्दैनन् ।

धेरै जसो ठाउँमा कच्ची सडक भएको कारण गाडीले धेरै भारी बोक्न नमान्ने गरेका गाउँमा उत्पादन भएको तरकारी त्यतिकै नाश भएर गइरहेको छ । स्थानीय तहले किसानका उत्पादन प्रवर्द्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । तर इलाम नगरपालिकाले उद्यमशीलता कार्यक्रम अन्तर्गत गुन्द्रुक उत्पादन, प्रशोधन बजारीकरण सम्बन्धी तालिम तालिम सञ्चालन गरिरहेको छ । हरेक किसानले उत्पादन गरेको साग खेर फाल्नुपर्ने अवस्था आउन नदिन गुन्द्रुक, उत्पादन, प्रशोधन गरेर बजार सम्म पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।

गुन्द्रुक मात्रै होइन आलु र इस्कुसबाट चिप्स बनाउने र प्याकेज गर्ने गरीको तालिम सञ्चालन भएको इलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी दाहाल लिम्बुले बताइन ।
कृषक महिलाहरूलाई व्यवसायी बनाउने उद्देश्यले नगरपालिकाले तालिम सञ्चालन गरेको लिम्बुको भनाई छ । तालिममा चार र पाँच वडाका ३० जना भन्दा बढी सहभागी रहेका थिए ।

गुन्द्रुक उत्पादन, प्रशोधन बजारीकरण सम्बन्धी वडा नं चारमा सञ्चालन भएको थियो भने आलु, इस्कुस, किवीलाई स्लाईस बनाउने तालिम इलाम नगरपालिका पाँचको तोरीवारिमा सञ्चालन भएको थियो । तालिममा सप्तमाई कृषि तथा पशुपालन समूह इलाम न पा –५ तोरीवारिलाई पोटे टो स्लाईसर मेसिन हस्तान्तरण गरिएको छ । उक्त मेसिनबाट स्लाईस बनाएको वस्तुलाई सुकाएर प्याकिङ गरेर बजारमा ल्याइने उपप्रमुख दहालले बताइन । नगरपालिकाले किसानको उत्पादनलाई बजार पु¥याउनका लागि विभिन्न किसिमका तालिम सबै वडामा मिलाएर लैजाने जनाएको छ ।

बुधबार २५ पुस २०८० ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया