भक्तराज उपाध्याय
बैशाख २८, आईतबार
डोटी: कृषि दुतका लागि ४ दिने क्षमता विकास तालिम सिलगढीमा सम्पन्न भएको छ । अष्टेलियन एड र ई.एल.सि.ए. को आर्थिक सहयोगमा लुथरन वल्ड फेडरेसन नेपालसंगको साझेदारीतामा संचालित मूक्त हलिया÷दलित सिएसओहरु र उनीहरुका संञ्जालहरुको सामाजिक, आर्थिक र जलवायु न्याय प्रवद्र्धनका लागि जिम्मेवार निकायहरुसंगको सहकार्यलाई सुदृढ बनाउने सक्षम परियोजना र समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्र्तगत ४ वटा जिल्लाका २१ जना सामुदायिक उद्यम सहजकर्ताको ४ दिने क्षमता विकास तालिम हिजो सनिबार सिलगढीमा सम्पन्न भएको छ । लुथरन वल्ड फेडरेसन नेपालका कार्यक्रम कार्यान्वयन साझेदार संस्था सामुदायिक विकास केन्द्र (सि.डि.सि.) डोटी, राष्टिय मुक्त हलिया समाज महासंघ नेपाल डडेल्धुरा, गिफ्ट नेपाल बाजुरा र निड्स नेपाल कंचनपुरको संयुक्त आयोजनामा संचालित तालिममा ६ जना महिला र १५ जना पुरुष गरी २१ जना सहभागिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आर एण्ड डि इन्नोभेटीभ सोलुसनका कार्यकारी निर्देशक सुनिता न्हेम्हाफुकि र सुदूरपश्चिम सामुदायिक विउँ बैंकका अध्यक्ष टेकेन्द्र बहादुर सिंहले सहजीकरण गर्नुभएको थियो । कृषक, उद्यमिको साथिको रुपमा कृषि दूत भई ग्रामिण क्षेत्रमा परम्परागत कृषिलाई ब्यावसायिक, दिगो, महिलामैत्री, उद्यमशिलतामा आधारित ब्यवसायमा रुपान्तरण गर्ने, कृषि ब्यवसायको प्रवद्धर्न स्रोत साधनको पहुँच सुनिश्चित गर्न, नवप्रवर्तनलाई टेवा पुर्याउन, कृषकहरुसंगको साझेदारीमा उत्पादकत्व वृद्धि गर्न, सुचना र प्रविधिको अधिकतम प्रयोगबाट उद्यमशिलता प्रवद्धर्न गर्न विभिन्न सरोकारवालाहरुसंग सहजीकरण र बजारीकरणमा जोड दिने उदेश्यले तालिमको आयोजना गरिएको थियो । कार्यक्रममा कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थिले कृषि दूतका रुपमा समुदायमा काम गरेर कृषिमा आत्मनिर्भर बनाई ब्यावसायिक रुपमा कृषि गर्न र यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । सरकारले किसानका लागि विभिन्न समयमा सुचना प्रकाशित गरेतापनि अझै किसानहरुको पहुँच पुग्न नसकेको र ब्यवसािय बन्न नसकेकाले एक पालिका एक उत्पादन, फरक पालिका फरक उत्पादन गरी निरन्तरताको वातावरण सृजना गर्न सबैले हातेमालो गरी अघि बढ्न जोड दिनुभयो । रैथाने बाली को माग बढी भएको तर सो बमोजिम उत्पादन नभएकाले बालीको संरक्षण गरी उत्पादन गर्नमा जोड दिनुभएको थियो । पालिकाले कृषलाई ढुवानी, उन्नत बिउँविजन, स्टोरेजको सुविधा दिन सके राम्रो सम्भावना रहेको बताउदै सामुदायिक ब्यापार तथा उद्यमशिल सहजकर्ताको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको थियो । रैथाने बालीमा जोड दिदै सहजकर्ता टेकेन्द्र बशादुर सिंहले ब्यवसायको स्थापना, कृषि संजाल विकास एवं विस्तार, स्थानीय स्तरमा ब्यवसायको प्रबद्धर्न, भैपरी आउने समस्याको समाधान, नविनतम प्रविधिबारे नियमित ज्ञान र परामर्श कृषि कर्जा र किसान कार्डमा सहजीकरण हुने अपेक्षा गर्नुभएको थियो । तालिमको समापन सत्रमा बोल्दै सहभागि माया कुमारी वि.क.ले तालिममा आधुनिक औजार, उपकरण, प्रविधिका बारेमा थाहा भई समुदायको आर्थिक उन्नति गर्नका लागि महत्वपुर्ण रहेकाले कृषि दूतका रुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यसै गरी अर्का सहभागि भुवन चुनाराले कृषकले उत्पादन गरेको सामाग्री बजार सम्म पुर्याउन, माग बमोजिमका खाद्यान्न, दलहन, मसलाबाली, स्थानीय समुदायमा उत्पादन हुने विभिन्न रैथाने बालीहरुको संरक्षण र उपभोगमा यस तालिमले अहम भुमिका खेलेको भन्दै उदमशिलतातिर लागि सहजै आम्दानी बृद्धि गर्न सकिने बताउनु भयो । लु.वि.फे. नेपालका लाईभलिहुड एण्ड मार्केटिंग स्पेसिलिष्ट मानध्वज खत्रीले बाजुराको बडिमालिका नगरपालिका, डोटीको आदर्श गा.पा., सायल गा.पा र शिखर न.पा, डडेल्धुरा जिल्लाको अजयमेरु गा.पा र गन्यापधुरा गा.पा र कंचनपुरको बेलौरी न.पा. मा परियोजनाको कार्यक्षेत्रमा रहेका कृषकहरुलाई उत्पादन, बजारीकरण, आधुनिक मेसिनको प्रयोगबाट कार्यबोझमा कमि ल्याई जलवायु मैत्री सिप र प्रविधि हस्तान्तरण गर्ने सिप सिकाउनका लागि यो तालिम प्रभावकारी रहेकाले कृषक उद्यमिको साथि भई ग्रामीण क्षेत्रको नीजि क्षेत्रलाई समेटी कृषि मा आधुनिकिकरण गर्न सकिने बताउनु भएको थियो ।
तालिमको समापन सत्रमा सि.डि.सि. डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले आफ्नो समुदायमा आधारित भएर कृषि ब्यवसाय संगसंगै अरु कृषकहरुलार्य पनि उद्यम गर्न, कृषि क्षेत्रमा नविनतम सोचका साथमा सुचना प्रविधिको प्रयोग गरी, वातावरणीय तथा महिलामैत्रीका साथै दिगो विकाससंग जोडिएर, आफ्नै स्थानीय निकाय र सरोकारवालाहरु बीचमा समन्वय गरी कृषि उपज, उत्पादन, संकलन र बजारीकरणका क्षेत्रमा सहजीकरण गर्न यो तालिम अन्य तालिम भन्दा फरक रहेको, स्वयं आफैं उद्यमि बनी सफल उद्यमि बन्न र समुदायमा अरुलाई पनि प्रेरित गर्ने नमुना ब्यक्ति बन्नु भएको बताउदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
प्रतिक्रिया