×
images

स्याउ पाक्दा 'राताम्मे' जुम्ला

 गत वर्षभन्दा यो वर्ष स्याउ धेरै नफले पनि दाना भने निकै ठूलो छ । पहिले स्याउ धेरै फलेको थियो’ उनले भने, ‘अहिले कम स्याउ फलेको छ । तर गुणस्तरीय दाना छ । उनको स्याउको लागि दाङ घोराहीबाट माग आइसकेको छ । उनी गाउँपालिकामा स्याउ निर्यातको सिफारिस बनाउने तयारीमा छन् । बगैंचामा १० क्विन्टल स्याउ उत्पादन हुने उनको अनुमान छ । पहिले उनी बुटवल र नारायणघाटमा स्याउ लगेर बेच्थे । उनले भने,‘यो पटक दाङको लागि माग आएको छ । उनको बगैंचामा रेड, रोयल र गोल्डेन जातको स्याउ छ । हाल बगैंचामै ब्यापारीले प्रतिकिलो ६० रुपैयाँमा स्याउ किनिरहेका छन् । बगैंचामा तीन सय स्याउका बोटमध्ये दुई सयले फल दिँदै आएका हुन् । रतन प्रतिनिधि पात्र मात्र हुन् । यो समयमा जुम्लाका अधिकांस किसानहरु स्याउ टिप्ने तयारीमा छन् । स्याउ बगैंचा पाकेर राताम्य भएपछि स्याउ खान र किन्नको लागि आन्तरिक तथा बाहृय पर्यटकहरु बगैंचामै पुग्ने गरेका छन् ।सडक आसपासमा बगैंचाहरुमा स्याउ फलेको फोटो खिच्ने, टिकटक बनाउने र स्याउको भिडियो बनाउने प्रसस्त भेटिन्छन् । ‘केही वर्षअघि मात्रै जुम्ली स्याउ प्रतिकिलो दुई रुपैयाँमा बिक्थ्यो, सडक नहुँदा पशुलाई खुवाइन्थ्यो’ स्थानीय मानबहादुर रोकायाले भने, ‘अहिले स्याउ किन्न ब्यापारी बगैंचामै पुग्छन् । अधिकांस किसानले बगैंचासम्म पुग्ने सडक बनाइरहेका छन् । ’

कृषि, पर्यटन, जडिबुटीका अलवा स्याउ खेती यहाँको आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणको आधार बनेको छ । स्याउ खेतीबाटै जीविका चलाएका, छोराछोरीलाई उच्च शिक्षा दिइरहेका किसान जुम्लामा थुप्रै छन् । ‘अझै पनि जिल्लामा बजारीकरणको समस्याले शत प्रतिशत उत्पादित स्याउ बिक्री हुन सकिरहेको छैन, जसका कारण किसानले घाटा बेहोर्दै आएका छन्’ मानबहादुरले भने, ‘अब गाउँको सिंहदरबारले स्याउको बजार खोजेर किसानको हितमा काम गर्नुपर्ने बेला भएको छ । ’

सडक आसपासमा बगैंचाहरुमा स्याउ फलेको फोटो खिच्ने, टिकटक बनाउने र स्याउको भिडियो बनाउने प्रसस्त भेटिन्छन् । ‘केही वर्षअघि मात्रै जुम्ली स्याउ प्रतिकिलो दुई रुपैयाँमा बिक्थ्यो, सडक नहुँदा पशुलाई खुवाइन्थ्यो’ स्थानीय मानबहादुर रोकायाले भने, ‘अहिले स्याउ किन्न ब्यापारी बगैंचामै पुग्छन् । अधिकांस किसानले बगैंचासम्म पुग्ने सडक बनाइरहेका छन् । ’

 

कृषि, पर्यटन, जडिबुटीका अलवा स्याउ खेती यहाँको आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणको आधार बनेको छ । स्याउ खेतीबाटै जीविका चलाएका, छोराछोरीलाई उच्च शिक्षा दिइरहेका किसान जुम्लामा थुप्रै छन् । ‘अझै पनि जिल्लामा बजारीकरणको समस्याले शत प्रतिशत उत्पादित स्याउ बिक्री हुन सकिरहेको छैन, जसका कारण किसानले घाटा बेहोर्दै आएका छन्’ मानबहादुरले भने, ‘अब गाउँको सिंहदरबारले स्याउको बजार खोजेर किसानको हितमा काम गर्नुपर्ने बेला भएको छ । ’

साभार;eKantipur

आइतबार​ १० भदौ २०८० ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया