×

‘खाद्य स्वच्छताको माध्यमबाट डेरी उत्पादनको खपत बढाउनुपर्छ’

images

दूग्ध क्षेत्रको विद्यमान अवस्था, संगठित क्षेत्रका डेरीहरुले भोग्नुपरेको समस्या, चुनौती र अवसर पहिचानगरि खाद्य स्वच्छताको माध्यमबाट खपत अभिवृद्धि गर्ने उद्देश्यले डेरी उद्योग संघ र फूड इन्टरप्राइज सोलुसन ९एफइएस०को संयुक्त आयोजनामा आज राजधानीमा ‘करेन्ट स्टाटस अफ फूड सेफ्टी इन डेरी इन्टष्ट्री’ विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । 
डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठले डेरी उत्पादन तथा बजारको वर्तमान अवस्थाका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरि अन्यले पनि डेरी सम्वन्धीका विभिन्न विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।  

कार्यपत्र प्रस्तुत गरिसकेपछि प्रमुख अतिथिको रुपमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।रेवतीरमण पौडेल लगायत दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादव लगायतले आफ्नो धारणा राखेका थिए । वर्तमान अवस्थामा डेरी उद्योगहरुमा डेरी उत्पादनको स्टक निक्कै धेरै भएको हुदा निक्कै समस्या आइरहेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । उनले भने, ‘हामीसंग स्टक धेरै राख्ने ठाउँ छैन् तसर्थ यस क्षेत्रको अवस्थाबारे सरकारले पनि सहजीकरण गरिदिनुपर्छ ।’

साभार:हलोखबर

आइतबार​ २८ असोज २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया