×

बाँके जिल्ला जमुनाहा नाका हुँदै नेपाल भित्रियो राँगाहरू (तस्बिर र भिडियोसहित)

images

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको समयमा भारतले दिने भनेको राँगाहरु आज नेपाल आइपुगेको छ । ति राँगाहरुलाई बाँके जिल्लास्थित जमुनाहा नाका हुँदै नेपाल भित्र्याएको हो । क्वारेन्टाईन प्रक्रिया पुरा गरी नेपाल ल्याइएको रागाँहरु लाहान, पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयहरूमा व्यवस्थापन गरिने पशु सेवा विभागद्धारा जारी विज्ञप्तीमा भनिएको छ । ति राँगाहरुबाट वीर्य उत्पादनमा प्रयोग गरिनेछ । राष्ट्रिय पशु प्रजनन कार्यालयहरूबाट हाल उत्पादन भईरहेको जमेको वीर्यको परिमाण व्यवस्थापकीय क्षमता र कार्यक्षेत्रको आधारमा भारतबाट प्राप्त हुने १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा ७, राष्ट्रिय पशु प्रजनन कार्यालय, लाहानमा ५ र राष्ट्रिय पशु प्रजनन कार्यालय, नेपालगञ्जमा ३ वटा राखिने छ । मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ । 

साभार:हलोखबर

बिहीबार ७ मंसिर २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया