×

नेपालमा गाँजा खेतीका निम्ति बजेट, खेती नियन्त्रणका लागि पनि बजेट

images

तर सन् १९७६ मा नेपालले लागुपदार्थ नियन्त्रणसम्बन्धी कानुन बनाएपछि नेपालमा गाँजा खेती र यसको प्रयोग प्रतिबन्धित भयो।

संयुक्त राष्ट्रसङ्घको सम्मेलनले पारित गरेको अन्तर्राष्ट्रिय सन्धि 'सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग १९६१' मा नेपाल सहभागी भएसँगै सिंहदरबार वैद्यखानाले बनाउने धेरै आयुर्वेदिक औषधिको उत्पादन रोकियो।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय भन्छन्, "नेपालमा गाँजा प्रतिबन्धित भएपछि यसको प्रयोग गरेर बनाइने केही औषधिहरूमा वैकल्पिक जडीबुटी प्रयोग गरेर उत्पादनलाई निरन्तरता दिइए पनि केही औषधिहरूको उत्पादन बन्दै भयो।"

यसरी उत्पादन गर्न बन्द भएकामध्ये 'रातोबरी' नामक औषधि पनि हो।

“त्यो औषधि अहिले पनि पुराना मानिसहरूले सम्झिन्छन्। तर अहिले त्यो औषधि बन्दैन किनभने त्यसको प्रमुख तत्त्व नै गाँजा थियो। गाँजा प्रतिबन्धित भएपछि त्यो पनि बन्न छोड्यो,” आयुर्वेद चिकित्सक डा. शारदा खनाल भन्छिन्।

धेरै रोगको उपचारमा ‘उपयोगी’

गाँजाको बोट

तस्बिरको क्याप्शन,

गाँजाका भाले र पोथी बोट छुट्टाछुट्टै हुन्छन् भन्ने मान्यता छ

विभागका महानिर्देशक डा. उपाध्यायका अनुसार आयुर्वेदमा आजभन्दा झन्डै २,००० वर्षअघिदेखि प्रचलनमा रहेका 'चरक संहिता' नामक ग्रन्थमा पनि गाँजा र यसबाट बन्ने भाङको प्रयोग औषधिका लागि उपयोगी हुने उल्लेख छ।

“त्यसैलाई टेकेर परम्परागत औषधिमा भाङ प्रयोग गरिएको छ,” उनी भन्छन्।

महानिर्देशक उपाध्याय र डा. खनालका अनुसार गाँजाबाट उत्पादन गर्न सकिने औषधि प्रभावकारी हुनसक्ने रोगहरू:

  • पाचन तथा पेटसम्बन्धी रोग
  • स्नायुरोग तथा टाउको दुख्ने
  • मानसिक रोग तथा डिप्रेशन
  • दुखाइ कम गर्ने र क्यान्सर

नेपालमा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठ्दै आएको छ

तस्बिर स्रोत,NARENDRA SHRESTHA/EPA-EFE/REX/SHUTTERSTOCK

तस्बिरको क्याप्शन,

नेपालमा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठ्दै आएको छ

स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. विष्णु मरासिनीका अनुसार नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने गाँजामा औषधीय गुण धेरै पाइन्छ।

“गाँजामा टेट्राहाइड्रोक्यानबिनोल (टीएचसी) भन्ने तत्त्व हुन्छ। त्योबाहेक अरू एल्कालोइड (क्षाराभहरू) पनि हुन्छन्,” उनी भन्छन्।

उनका अनुसार पनि दुखाइ कम गर्न र डिप्रेशनको उपचारमा गाँजामा पाइने यी तत्त्वहरू उपयोगी हुन्छन्।

“नेपालको उच्च लेकाली भूभागमा पाइने गाँजामा त्यो अझै बढी हुन्छ,” उनी भन्छन्। “जति उचाइमा भयो टीएचसी त्यति नै बढी पाइन्छ। तराईतिर कम हुन्छ।”

मरासिनीका अनुसार गाँजाको पनि भाले र पोथी बोट हुन्छ।

साभार:bbc

सोमबार ८ साउन २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया