×

रोगरहित आलुको बीउ उत्पादन गर्न कुशादेवीमा ‘एरोपोनिक प्रविधि’ को अभ्यास सुरु

images

रोगरहित आलुको बीउ उत्पादन गर्नका लागि काभ्रेको पनौती नगरपालिका–३ स्थित कुशादेवीमा एरोपोनिक प्रविधिको अभ्यास सुरु गरिएको छ । काठमाडौँ विश्वविद्यालयको जैविक प्रविधि विभागले रोगरहित आलुको पूर्व–मूल बीउ उत्पादनका लागि पनौतीको कुशादेवीमा रहेको खाद्यान्न तथा आलुको बीउ, अलैंची तथा फलफूल नर्सरी उद्योगमा एरोपोनिक प्रविधिको प्रयोग सुरु गरिएको हो ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्रा. जनार्दन लामिछानेको अध्यक्षतामा पूर्व–मूल वीउ उत्पादनका लागि एरोपोनिकको प्रयोग कार्यक्रमको उद्घाटन गरिएको हो ।

पूर्व–मूल बीउ उत्पादनका लागि एरोपोनिकको प्रयोग ‘उच्चतम प्रविधिको प्रयोगबाट कम लागतमा रोगरहित आलुको बीउ उत्पादन’ परियोजनाअन्तर्गत काठमाडौं विश्विविद्यालयको जैविक प्रविधि विभागले सुरु गरेको हो ।

साभार:ekantipur

मङ्गलबार ९ साउन २०८० ०४:०४ AM मा प्रकाशित

प्रतिक्रिया