×

करेन्ट : चाउचाउले खोलेको कृषि, रोजगारी र आर्थिक विकासको मार्ग

images

काठमाडौँ । रुपन्देहीको तिलोत्तमाबाट ७ मे २०१७ मा आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनी यशोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनिसकेको छ । स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्ने तथ्य पनि यो कम्पनीले पुष्टि गरिसकेको छ ।
‘करेन्ट’ नामबाट चाउचाउ उत्पादन गरेको केही वर्षमै आज करेन्ट नेपाली बजार छाउँदै भारत, अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकमा समेत निर्यात हुन थालेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रतिवर्ष १ करोड अमेरिकी डलर बराबरको करेन्ट चाउचाउको निर्यात हुने गरेको छ । यसले विदेशमा फैलिएको यसको लोकप्रियतालाई पुष्टि गर्छ ।

कम्पनीका अनुसार प्रत्यक्ष र परोक्ष गरी देशभर करिब १५ हजार जनालाई यो कम्पनीले रोजगारी समेत दिएको छ । करेन्टको उत्पादनले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि अकबरे खुर्सानीको बजार उपलब्ध गराएको छ ।

देशभर करिब ३० हेक्टर जमीनमा अकबरे खुर्सानी खेती गर्ने गरिएको छ । कम्पनीले मकवानपुरमा प्रयोगमा नआएको जमीनमा खुर्सानी खेतीलाई प्रोत्साहन गरेर आफनो उच्च गुणस्तरीय उत्पादनले धेरैको मन जित्‍न सफल भएको छ । किसानलाई अकबरे खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नेलगायत उनीको उत्पादनलाई बजार दिँदै करेन्टले देशका विभिन्‍न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यसले देशका केही ठाँउमा वैदेशिक रोजगारीभन्दा देशमै पसिना बगाउनु उचित हो भन्‍ने भावनालाई पनि उजागर गरिरहेको देखिन्छ ।
सकेसम्म देशभित्रकै साम्रगी र खाद्यान्‍न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा टेवा दिएको देखिएको छ ।

करेन्टले देशभित्रै उच्च गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।

रोजगारी, देशको आर्थिक विकास र खस्कदो कृषि क्षेत्रको पुनरुत्थानमा विशेष प्रभाव पार्ने यस कम्पनीले गरीब सिमान्तकृत बालबालिकालाई छात्रवृत्तिदिने जस्ता सामाजिक उत्तरदायित्वका काम र राष्ट्रिय हितका काम पनि गर्दै आएको पाइन्छ ।

पिरो चाउचाउ भन्ने वित्तिकै विदेशी ब्राण्ड सम्झीने नेपली जिब्रोलाई स्वदेशी परम्परागत स्वाद चखाउने उदेश्यले सञ्चालनमा आएको करेन्टले छोटै समयमा नेपाली बजारमा आफ्नो भिन्न पहिचान स्थापित गरिसकेको छ । नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामाग्री नेपाल सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर रहेको कम्पनीको भनाइ छ । यसै कारण धेरै मानिसले यसलाई रूचाएका पनि कम्पनीले जनाएको छ ।

दाङदेखि दुबईसम्म, मकवानपुरदेखि मलेसियासम्म र विश्वभर लोकप्रिय हुँदै गएको करेनट रेजगारी, र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थको हिसाबले पनि अरु ब्रण्डको तुलनामा निकै स्वस्थ रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार स्थानीय अकबरे खुर्सानीमा पाइने सम्पूर्ण गुण यस चाउचाउमा पाइने र कुनै मिसावट नभएकोले यसलाई धेरै मानिसले रुचाएका हुन् । नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोगबाट स्वस्थ चाउचाउ बजारसम्म पुर्याउँदै आएको करेन्टको बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसान लाभान्वित हुने देखिएको छ । यसले गर्दा धेरै वर्षदेखि बाँझो बसेका खेत पनि अकबरे खुर्सानी उत्पादनमा प्रयोग हुने र निर्यात मार्फत देशको आर्थिक स्थितिमा निकै सुधार आउने देखिएको छ ।

देशको अर्थतन्‍‍त्रमा करेन्ट जस्ता व्यवसायको योगदानबारे बताउँदै वरिष्ठ अर्थशास्त्री डा। प्रतिक झा भन्छन्, ‘ओरालो लाग्दै गरेको अर्थतन्त्र जोगाउनदेखि गरिबीको घाउमा मलम लगाउन । राष्ट्रलाई परनिर्भरता बाट जोगाउनदेखि स्वदेशी उत्पादन निर्यात गर्नसम्म यशोदा फुड्सको करेन्टले नेपाली बजारको तिता र कहाली लाग्दा कहानीमा मिठो रगंहरु भर्दैछ ।’

नेपाली उत्पादन करेन्ट विश्वमाझ परिचित हुँदै जानु देशकै लागि गौरवको विषय भएको उनले बताए । नेपालमै पसिना बगाउन चाहने किसान र व्यपार व्यवसाय गर्ने सोच राख्‍नेहरुका लागि पनि यो महत्वपूर्ण अवसर र उदाहरण भएको उनको भनाइ छ ।

साभार:https://www.makalukhabar.com/2023/05/99977284840/

आइतबार​ २४ बैशाख २०८० ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया