श्रीनगर एग्रो फार्म प्रालिले लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएको हो । वार्षिक एक सय करोडको कारोबार गरिरहेको यो कम्पनीको नाम अब श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड बनेको छ । अबको एक वर्षमा साधारण सेयर (आईपीओ) मा जाने योजनासहित अगाडि बढिरहेको श्रीनगरसँग पाँच हजार बढी कृषक, व्यवसायी तथा उद्ममी आवद्ध रहेका छन्।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजबिच आईपीओ निष्कासनमा सहयोग गर्ने सम्झौता भएर काम अगाडि बढिसकेको छ । बालाजुको एउटा कुखुरा फार्मबाट सुरू भएको श्रीनगरले लुम्बिनी प्रदेश केन्द्रीत भएर नेपालभर आफ्ना उत्पादन तथा सेवा विस्तार गरिरहेको छ ।
बैंकिङ क्षेत्रमाा राम्रो क्यारियर बनाइसकेका सतिसचन्द्र श्रेष्ठले आकर्षक कमाइको मोह त्यागेर कृषिमा होमिने निर्णय लिएका थिए । “मेरो पृष्ठभूमी बैंक हो । बैंकिंग क्षेत्रमा काम गरिरहँदा सिटी बैंकको राम्रै जागिर छाडेर यतै कृषि क्षेत्रमा रमाउन खोजेको हुँ,” उनले भने, “केही उतावचढावलाई थाति राख्ने हो भने श्रीनगर एग्रोको पछिल्लो दुई दशक बढीको यात्रा निकै सफल र सन्तुष्ट यात्राका रूपमा मैले लिएको छु ।”
दुई चार हजार कुखुरा पालेर सुरु गरेको पोल्ट्री फार्मबाट सुरु भएको श्रीनगरको यात्रा हाल ५ हजार कृषकको रोजिरोटीसँग जोडिएको छ । फार्म ९पशुपालन० र फिड ९दाना० जन्य उत्पादनमा विश्वासिलो ब्राण्ड बनिसकेको श्रीनगरको अवको योजना फुड ९खाद्य० मा आक्रामक लगानी विस्तार गर्ने रहेको छ ।
“वार्षिक १०० करोडभन्दा माथिको कारोबारसँगै सरोकारवालाको करोडौँको विश्वास हामीले कमाएका छौँ, हाम्रो मुख्य उत्पादन गुण्स्तर चल्ला, दाना तथा अण्डा, कुखुराहरू किसान तथा उपभोक्ताको रोजाइमा छन्” श्रेष्ठले भने, “काठमाडौँको जेम्स पोल्ट्रीबाट सुरु गरेको हाम्रो उद्यमशीलताको यात्रा फैलाउने योजना अनुरूप रुपन्देही पुग्यौँ । अहिले पश्चिम नेपालमा पोल्ट्री क्षेत्रको छुट्टै ब्राण्डका रूपमा जनविश्वास पाएका छौँ ।”
सयर बजारमाा बैंक तथा वित्तीय क्षेत्र, हाइड्रो, बिमा लगायतका क्षेत्रले अधपत्य जनाइरहँदा कृषि कम्पनीको प्रवेश गराउन थालेका श्रेष्ठले लगानीकर्ताको आकर्षण र सेयर बजारमा जनताले देखाएको बढ्दो चासोका कारण सफल हुने विश्वास व्यक्त गर्दछन् ।
प्रालि हुँदा पनि राम्रो कमाइ गरिरहेको श्रीनगर पब्लिकमा गएपछि थप योजना र लगानीले आम्दानी पनि बढ्ने भएकाले पनि अन्य कम्पनी भन्दा कृषि कम्पनीले बढी कमाइ दिने श्रेष्ठको भनाइ छ । “कृषि कर्मले कम्पनी वा संस्था वा कृषकलाई मात्र फाइदा हुँदैन, यसले त आम उपभोक्तालाई पनि उत्तिकै फाइदा दिन्छ,” श्रेष्ठले भने, “अर्थतन्त्रलाई पनि कृषिले बढावा दिन्छ, आयातमुखी अर्थतन्त्रका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको सन्दर्भमा उत्पादनमा आधारित उद्योगहरूले नै अबका दिनमा उपभोक्ता, लगानीकर्ता र कृषकलाई लाभ दिने हो भन्ने हाम्रो निष्कर्ष छ ।”
फार्म र फिडमा सफल, फुडमा अघि बढ्रदै
श्रीनगरले हाल फार्म ९चल्लारकुखुरारअण्डा० र फिड ९दाना० उद्योगमा सफल मानिन्छ । कतिपय अवस्थामा मागअनुसार उत्पादन पुर्याउन पनि धौधौ पर्ने गरेको कम्पनीको अनुभव छ । श्रीगर एग्रो नेपालको पहिलो आइएसओ ९००१ः२०१५ सर्टिफिकेट प्राप्त इन्टिग्रेटेड एग्री बिजनेस फर्म हो ।
अब फुड ९तयारी कुखुरा, प्रोसेस्ड० मा पनि अगाडि बढ्ने गरी यो वर्षको योजना आगाडि बढाइएको हो । थप उद्यम विस्तार र व्यापार बढाउन लगानी पनि ठुलो आवश्यकता पर्ने भएकाले हामी लिमिटेड कम्पनीमा जाने निर्णय गरेका श्रेष्ठको भनाइ छ।
“लगानीकर्तालाई आत्मसन्तुष्टी र मुनाफा दुबै भएमा मात्र लगानी गर्ने हो, हामीले हालसम्म गरेको कृषि उद्यमशीलताका कारण जो कोही लगानीकर्ताले पनि आत्मसन्तुष्टी पाउनु हुनेछ,” श्रेष्ठले भने, “प्रिआइपीओमा लगानीकर्ताले देखाएको उत्साहले हामी सही बाटोमा छौँ भन्नेमा थप ढुक्क भएका छौँ ।”
किसानको ‘वन स्टेप सोलुसन’ साथि
श्रीनगर एग्रोले सुरूम प्यारेन्ट चल्लाको उत्पादन तथा सप्लाइमा केन्द्रीत थियो । कम्पनीले विस्तारै वन स्टेप सोलुसनको अवधारणा अनुसार आफ्ना योजना अगाडि बढाएको हो । जस अनुसार किसानका लागि आवश्यक बिउरचल्लादेखि दानासम्म सप्लाइ गर्ने र उत्पादनको बजारको ज्ञारेन्टी गर्ने काम गरिरहेको छ ।
किसान तथा एग्रोभेटका लागि आवश्यक पर्ने सेवाको समेत उपलब्धताका कारण पनि श्रीनगरले विश्वास कमाएको देखिन्छ । करार खेतिका माध्यमबाट पनि कम्पनीले काम गरिरहेको छ ।
लुम्बिनी केन्द्रीत, कमाइ र क्षेत्र दुबै विस्तारित हुँदै
काठमाडौँको जेम्स पोल्ट्रीबाट सुरु गरेको उद्यमशीलतामा लागेको श्रेष्ठ नेतृत्वको श्रीनगरले फराकिलो उद्मशीलताको योजना अनुरूप रुपन्देहीमा केन्द्रीत भएको थियो । हाल पश्चिम नेपालमा पोल्ट्री क्षेत्रको छुट्टै ब्राण्ड नै बनेको छ।
श्रीनगरले रूपन्देहीको सुद्धोदन नगरपालिका ४ मा पौने दुइ बिघामा दाना उद्योग सञ्चालन गरिरहेको छ । नजिकै पौने तीन बिघाको ह्याचरी तथा फार्म र अर्को पौने चार बिघामा एउटा व्यवसायीक फार्म सञ्चालन गरिरहेको छ । पाल्पाको तेल्घामा २३ रोपनी जग्घामा ब्रिडर फार्म सञ्चालनमा छ । बुटवलमा पनि मासु प्रशोधन उद्योग लगायत फुडमा नयाँ योजनाकासाथ कम्पनी अगाडि बढिरहेको छ ।
“गुणस्तरीय उत्पादन उपभोक्तालाई उपलब्ध गराएर उपभोक्ताको स्वास्थमा योगदान मात्र गरेका छैनौँ, कृषक र साना उद्यमीहरूको पनि भरोसाको केन्द्र बनेका छौँ,” श्रेष्ठले भने, “समग्रमा श्रीनगरको दुई दशकको यात्रा थोरै चुनौतिपूर्ण र धेरै अवसरयुक्त रह्यो, कृषि क्षेत्रमा लागेर मेहेनत गर्ने हो भने कमाइ पनि उत्तिकै हुन्छ भन्ने मलाई लाग्छ।”
आईपीओमा जाने तयारी
श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेड कम्पनीले आईपीओमा जानु अघि थप योजनाहरू अगाडि बढाएको छ । व्यापार विस्तारका लािग अरू फार्म कम्पनीहरू किन्नेरमर्ज गर्ने प्रक्रियामा रहेको छ । “यो आउने एक वर्ष हामी लिमिटेड कम्पनी भएको वासलात निकाल्नुपर्ने नेपाल धितोपत्र बोर्डको बाध्यकारी प्रावधान रहेको छ, त्यो हामी निकाल्छौँ,” श्रेष्ठ भन्छन्, “यो बिचमा नयाँ कोषको स्रोतहरूमा प्राइवेट इक्युटी, भेन्चर क्यापिटल, अहिले आएर बिमा कम्पनीहरूले डाइरेक्ट लिमिटेड कम्पनीहरूमा पनि लगानी गर्न पाउने भन्ने कुरा छ ।”
श्रीगरले गत आर्थिक २०७९/८० वर्षमा १०० करोड भन्दा बढी कारोबार गरेको छ । अब आउने आर्थिक वर्षमा कम्तिमा पनि डेढ सय करोडको बिक्रीलाई लक्षित राखिएको छ । “यो वर्ष बैंकको पनि लगानी यसमा बढ्नेछ, नयाँ संरचनाहरू थप्दाखेरी पनि बैंकिङ ऋण सुविधाहरू पनि थपेका छौँ,” उनले भने, “जसले गर्दा यो वर्ष क्षमताका आधारमा पनि नयाँ संरचनाहरूमा लगानी गर्नुपर्ने हुन्छ र भइरहेको कामलाई पनि सँगै लिएर जानुपर्ने हुन्छ, अहिलेको सरकारको नियम अनुसार कम्पनीले ३ वर्षमा डिभिडेन्डको लक्ष्य राखेको छ ।”
‘कृषिमै अवसर’
कृषिमा कमाइ हुदैन भन्ने मानसिकता बोकेकाका लागि श्रीनगर एग्रो विचार परिवर्तन गर्ने उदारणको रूपमा देखिएको छ । स्पष्ट योजना र लगानी भएमा खट्न सक्ने हो भने कृषि क्षेत्रमा अबसर अबसर रहेको संस्थापक तथा अध्यक्ष श्रेष्ठको भनाइ छ ।
कृषि कम्पनीका रूपमा चुनौति पनि भोगेको अनुभव श्रेष्ठको छ । भन्छन्, “नेपालमा प्रक्रियागत झन्झटिलोपना नै प्रमुख चुनौति हो, उद्यमीको कामलाई कमसेकम नियामक निकायले मर्म बुझिदिने र अलिकति छिटोछरितो माध्यामबाट काम गरिदिए सोचेको समयमा पूरा हुने थियो भन्ने लाग्छ ।”
उपयुक्त योजना हुने र धैर्यता कायम गर्न सक्ने हो भने नेपालमा दीगो रूपमा अर्थोपार्जनका लागि कृषि नै प्रमुख क्षेत्र भएको श्रेष्ठको निश्कर्ष छ ।
साभार:halokhabar
प्रतिक्रिया