×

कृषि, पर्यटन र जलस्रोत प्राथमिकतामा

images

 प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन।

नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन तथा २९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले राजनीतिक अधिकार प्राप्तिपछि समृद्धिको यात्रामा सबै लाग्नुपर्नेमा जोड दिए । मन्त्री घिमिरेले पशुपक्षी औषधि मानव औषधि ऐनबाट सञ्चालित रहेकाले यसको अलगै ऐन बनाउन पहल गर्ने उल्लेख गर्दै अबको उत्पादन जीविकोपार्जनका लागि मात्र नभएर व्यावसायिक हुनुपर्ने पनि बताए ।

उनले सरकारले कृषिमा आमूल परिवर्तन गर्न कृषिलाई आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्न खोजेकाले कृषि बजार नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सामथ्र्य तयार गर्नुपर्ने धारणा राखे । नेपाल पशुपक्षी व्यवसायी सङ्घका अध्यक्ष चित्रबहादुर गुरुङले राष्ट्रिय आयमा निकै योगदान दिइरहेकाले व्यवसायीको समस्याप्रति सरकारले ध्यान दिनुपर्ने बताए । अधिवेशनमा ५०० पर्यवेक्षक र प्रतिनिधिको सहभागिता रहेको थियो।

साभार: कृषि अनलाईन

बिहीबार २८ मंसिर २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया