आज हामी जुन युगमा बाँचिरहेका छौँ, यदि यसलाई प्लाष्टिक युग भनियो भने अतिशयोक्ति हुनेछैन । किनभने आज घरघरमा पसलहरू, कार्यालय, बिहेवारी तथा अन्य आयोजनाहरू, अस्पतालहरू, बस बिसौनी र रेल्वे स्टेशन आदि ठाउँहरूमा पोलोथिन झोलाको प्रयोग प्रचुर मात्रामा भइरहेको छ । जसको अत्याधिक उपयोग पशुहरूको मृत्युको कारण बनिराखेको छ । यसले मानव स्वास्थ्यमा पनि प्रतिकुल प्रभाव पारिराखेको छ ।
पशुहरू खाद्यय पदार्थलाई अखाद्ययबाट छानेर छुट्याउन असमर्थ हुन्छ । जसले गर्दा खाद्यय सामग्रीसँगै पोलोथिन कागज, लुगाफाटो, टाँक तथा सियोआदि ग्रहण गर्दछन् । यो समस्या बाहिर चर्ने पशु, स्वामीरहित छाडा पशुहरू एवं शहरहरूमा बढी पाइन्छ ।
पोलिथिनका झोलाहरू पशुहरूको पेटमा विस्तारै जम्मा भएर तथा एक आपसमा अल्झिएर भकुण्डो वा डोरीको रूप लिन्छन् । जसले गर्दा पशुहरूको पाचनक्रियामा प्रतिकूल प्रभाव पर्न थाल्दछ । पशु निरन्तर शारीरिक रूपमा कमजोर हुनुका साथै दूध उत्पादन घटेर जान्छ । अन्ततः पशुको अकालमा नै मृत्यु हुन्छ । यस समस्याबाट बच्नका लागि मानिसले पोलाेिथन झोलाको उपयोग बारे आत्ममंथन गर्नुपर्ने छ ।
पशुले किन पोलोथिन झोला खान्छ ?
पशुहरूको शरीरमा खनिज तत्त्वहरूको कमि भएमा, मालिकद्वारा अपर्याप्त दाना आहार दिनु, चर्न छाडा छाडनु, पोलिथिनको झोलामा घरेलु तथा भान्साका सामान फाल्नु मुख्य कारण हुन् ।
पशुहरूले पोलाथिन झोला निलेपछि पर्ने प्रभावः
जब पशु सडक, गल्ली तथा टोलबाहिर फ्याकेको फोहरमैला, लुगाफाटो, टांक–सियो, किलाकाँटा, फलफुल, तरकारी र तिनको ब्रोक्रा आदि खान्छन् । अनि यिनलाई ट्रोमेटिक रेटिकुलाइटीस हुन्छ । जसले गर्दा ज्वरो आउने, पेट दुख्ने, दिसा गोटा पर्ने र धनुषको जस्तो कम्मर हुने गर्दछ । पोलाेिथन थैलोमा गाँठो पारेर फ्याकेको पदार्थ समयका साथ सड्दै–गल्दै गरेका हुन्छन् ।
यी सडेगलेका वस्तुसँगै पशुले पोलिथिनको थैला निल्दछन् । जसले गर्दा गम्भीर विषाक्त तथा पाचन तन्त्रका विभिन्न समस्याहरू जस्तैm झाडापखाला, आउँ तथा जुका पर्ने समस्याबाट पशुहरू ग्रस्त हुन्छन् । पोलाथिनको थैला पशुको ग्रास नलीकामा अड्किएमा ग्रासनलीका मार्ग अवरोध हुन सक्छ । शरीरको विभिन्न भागमा अक्सीजनको आपूर्ति कम भएर जान्छ । पशुले समयमा उपचार नपाए मृत्युवरण गर्न पुग्दछ ।
बचाउ तथा उपचारः
सर्वप्रथम जनसमुदायलाई पशुहरूमा पोलोथीन थैलाबाट पर्ने दुष्प्रभाव बारेमा जागरुक गराउनु पर्दछ । सबैखाले पशुलाई यसको दुष्प्रभाव बाट बचाउनुपर्छ । यसको बचाव नै उपचारको सर्वाेत्तम तरिका हो ।
गृहीणीहरुद्वारा फलफुल तथा साग तरकारीका बोक्रा भान्साको छ्यान तथा घरको फोहरमैला पोलोथीन थैलोमा फाल्नुहुँदैन । जथाभावी बाटो तथा गल्लीमा बजारबाट सामान ल्याउन र राख्नका लागि पोलोथीन थैलाको साटो जुटबाट बनेको लुगाको झोला उपयोग गर्न प्रोत्साहित गरिनुपर्छ । स्थानीय पालिकाले पोलोथीन तथा अन्य फोहरमैलाका लागि यथा संभव ठाउँ यकिन गर्नका लागि स्थायी समाधान हुनु पर्दछ ।
पोलिथिन थैलालाई कानुनी रुपबाट पूर्णतया प्रतिवन्धित गरिनु पर्दछ र यसको साटो अन्य विकल्प खोजिनु पर्दछ । बेलाबेलामा पोलिथिनमाथि प्रतिबन्ध लगाएको कुरा चले पनि सबैजसो सार्वजनिक ठाउँमा पोलोथीनको थुप्रो लागेको भेटिन्छ । अतः सरकारले गैरकानुनी तरीकाबाट पोलोथीन बनाउने उद्गम स्थान फायक्ट्रीहरूमा नष्ट गर्नुपर्छ । जनसमुदायले सरकारलाई सहयोग गर्नु पर्दछ ।
पशुपालकहरुले आफ्नो पशुलाई त्यस्ता ठाउँमा चर्न दिनुहँुदैन जहाँ पोलोथीनयुक्त फोहरमैलाको थुप्रो लागेको होस् । रुमीनोटोमी आपरेशनद्वारा पशुहरुको पोलोथीन निकाल्नु एक मात्र उपचार मानिन्छ, जुन धेरै जटिल र महंगो तथा धेरै पशुहरुमा गर्न सहज छैन । त्यसैले पशुहरुलाई पोलोथीन थैली खानबाट रोक्नु नै यस समस्याको सर्वोत्तम उपाय मानिन्छ ।
साभार:halokhabar
प्रतिक्रिया