×

कर्णाली प्रदेशको परम्परागत कृषि प्रणाली

images

कर्णाली प्रदेशको परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक, व्यावसायिक, प्रतिस्पर्धाात्मक, उच्च मूल्य युक्त र जलवायुमैत्री बनाई प्राङगारिक प्रदेशको रूपमा विकास गर्न आवशयक नीतिगरी तथा संस्थागत व्यवस्था गरिनेछ । 
सबै किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र  सहयोग प्रणाली कार्यान्वयन गरिनेछ । 
उच्च मु्ल्ययुुक्त कृषि उत्पादन  बजारीकरणलाई सडक कोरिडोर केन्द्रित गरी व्यावसायिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। 
कृषि प्राविधिकलार्ई कृषि व्यवसायमा आकर्षित गर्न कृषकको घरदैलोमै प्राविधिक सेवा पुर्याउन कृषि प्राबिधिक स्वरोजगार कार्याक्रमलाई निरन्तरता दिइनेछ । 
प्राङगारिक मल तथा जैविक विषादीमा कृषकको पँहुच अभिवृद्धि गर्न मल तथा जैविक विषादी उत्पादन, प्रशोधन ढुवानीमा अनुदान दिइनेछ । 
स्थानीय तहहरूलार्ई प्राङगारिक स्थानीयतहको रूपमा विकास र घोषणा गर्न प्राङगारिक कृषि सम्बन्धि अध्ययन, अनुसन्धान र विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरी प्रोत्साहित गरिनेछ । 

भू–उपयोग नीति तर्जुमा गरी भूमिको चक्लाबन्दी गर्ने कार्यलार्ई प्रोत्साहन गर्दै करार, सहकारी र  सामूहिक खेति तथा बाँझो जमिनमा खेती गर्न उत्प्रेरित गरिनेछ ।
स्थानीय स्तरमा कृष् ितथा पशुजन्य उत्पादन, संकलन, प्रशोधन, भण्डारण र  बजारीकरणका  लागि आवश्यक सिँचाइ, कृषि पूर्वाधार तथा उपकरणको व्यवस्था गर्न सहकारी, निजी क्षेत्र र कृषकलार्ई प्रोत्साहित गरिनेछ । 
 स्थानीयतहसँगको समन्वय र सहकार्यमा आधारभूत कृषि प्रयोगशाला स्थापना गरिनेछ । 
स्याऊ तथा ओखरको प्रवर्धन तथा विकासको लागि “बगैंचा एक स्वामित्व अनेक” भन्ने मूल नाराका साथ सम्पूर्ण कृषकलार्ई क्लष्टरमा एकिकृत गरी स्याऊ तथा ओखर विकास परियोजना कार्यान्वयनमा ल्याइनेछ । 
कृषि क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यावसायिक कृषकलार्ई “मुख्यमन्त्री कृषक सम्मान” कार्यक्रमबाट सम्मान गरिनेछ । 
व्यावसायिक कृषकलार्ई बैंकिङ तथा सहकारीमार्फत  दिइँदै आएको कर्जामा सहुलियत पूर्ण ब्याज अनुदान कार्यक्रमलार्ई निरन्तरता दिइनेछ । 
कर्णाली प्रदेशमा प्रचूर सम्भावना रहेको ऊन तथा कपास उत्पादन, प्रशोधन तथा बिक्रि वितरण बजारीकरणका लाग प्रवद्र्वानात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।  
पशुपालन व्यवसायबाट स्थानीय स्वरोगारमा वृद्धि गर्दै पशुपन्छिजन्य उत्पादनमा प्रदेशलार्ई आत्मनिर्भर बनाई निर्यात प्रवद्र्वन गरिनेछ ।
व्यावसायिक पशुपन्छी, माछा पालन  मौरीपालन  लगायतका लागि  प्रोत्साहन कार्यक्रमलार्ई निरन्तरता दिइनेछ । 
पशुपन्छीको स्वास्थ्य उपचार सेवाका लागि पशुपन्छी विकास निर्देशनालय अन्तर्गतको प्रयोगशालालार्ई प्रदेश स्तरको रेफरल पशु अस्पतालको रूपमा स्तरोनति गरिनेछ ।
दूधको प्रशोधन  बिक्रिवितरणका लागि निजी तथा सहकारी  क्षेत्र सँगको साझेदारीमा पाउडर दूधउत्पादन उद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ । 
हाइलाईटस्
कर्णाली प्रदेशको परम्परागत कृषि प्रणालीलाई परिवर्तन
कर्णाली कृषि क्षेत्र  सहयोग प्रणाली कार्यान्वयन
उच्च मु्ल्ययुुक्त कृषि उत्पादन  बजारीकरणलाई सडक कोरिडोर केन्द्रित गरिने
कृषकको घरदैलोमै प्राविधिक सेवा
प्राङगारिक मल तथा जैविक विषादी उत्पादन, प्रशोधन ढुवानीमा अनुदान
स्थानीयतहहरूलार्ई प्राङगारिक स्थानीयतहको रूपमा विकास र घोषणा
चक्लाबन्दी, करार, सहकारी र सामूहिक तथा बाँझो जमिनमा खेतीलार्ई प्रोत्साहन
उत्पादन, संकलन, प्रशोधन, भण्डारण र बजारीकरणका लागि सहकारी, निजी क्षेत्र र कृषकलार्ई प्रोत्साहन
आधारभूत कृषि प्रयोगशाला स्थापना
“बगैंचा एक स्वामित्व अनेक”
क्लष्टरमा एकिकृत स्याऊ तथा ओखर विकास परियोजना
“मुख्यमन्त्री कृषक सम्मान”
कर्जामा सहुलियत पूर्ण ब्याज अनुदान कार्यक्रमलार्ई निरन्तरता
ऊन तथा कपास उत्पादन, प्रशोधन तथा बजारीकरणको प्रवद्र्वधन
पशुपन्छिजन्य उत्पादनमा प्रदेशलार्ई आत्मनिर्भर बनाई निर्यात प्रवद्र्वन
पशु स्वास्थ्य प्रयोगशालालार्ई प्रदेश स्तरको रेफरल पशु अस्पतालमा स्तरोनति
पाउडर दूधउत्पादन उद्योग स्थापना गर्न प्रोत्साहन

शुक्रबार​ २२ बैशाख २०८० ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया