×

किसानको गुनासो: हामी उत्पादक सस्तोमा बेच्छौँ, नाफाजति व्यापारीले कमाउँछन्

images

कैलालीका माछापालक किसान डेजी पाण्डे भन्छन्, 'कैलालीमा माछाको उत्पादन राम्रो छ, बजार पनि छ तर हामीलाई बजारीकरणको समस्या छ। 

तालबाट माछा झिक्दा एकैपटक झिक्नुपर्छ तर ती सबै माछा एकैपटक बिक्री गर्न समस्या हुनेगरेको उनले बताएका छन् ।

हामीले न्यून मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । उपभोक्ताले बढी मूल्यमा किन्नु पर्छ, कोल्ड स्टोर र फ्रोजनमा राख्ने सुविधा नहुँदा समस्या छ ।' उनले गुनासो पोखे, 'हामी उत्पादकहरू रातदिन मेहनत गरेर भए पनि आफ्नो उत्पादन सस्तोमा बेच्न बाध्य छौँ, तर उपभोक्तालाई महँगोमा बेचेर नाफाजति व्यापारीले कमाउँछन् ।'

साभार:halokhabar

बुधबार ३ साउन २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया