×

कृषि मन्त्रालय बागमती प्रदेशका सचिव डा.पाण्डेको सरुवा मधेश प्रदेशस्थित कृषि मन्त्रालयमा, बागमतीमा कोइराला

images

काठमाडौं, १९ भदौं । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाका प्रमुख राजेन्द्र कोइरालालाई सरकारले बागमतीस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको छ भने बागमती प्रदेशका सचिव डा.शरण पाण्डेलाई मधेश प्रदेशस्थित कृषि मन्त्रालयमा सरुवा गरेको छ । त्यसैगरि मधेश प्रदेशस्थित कृषि मन्त्रालयकी सचिव डा.नम्रता सिंहलाई संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको छ । 

त्यसैग्रि, नेपाल सरकारले सवै मन्त्रालयबाट ५८ जना सहसचिवको सरुवा गरेको छ । सरकारले संघ तथा प्रदेशस्थित मन्त्रालय, कार्यालय, आयोगमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । 

साभार:हलो खबर

बुधबार २० भदौ २०८० १०:०७ AM मा प्रकाशित

प्रतिक्रिया