×

नेपालमा मौरी पालन व्यवसायको अवस्था, चुनौती र सम्भावना (अन्तर्वार्ता)

images

पछिल्लो समय नेपालमा मौरी पालन व्यवसाय फस्टाएको छ । मौरी अन्य किराहरूमध्ये एक फाइदाजनक र धेरै सङ्ख्यामा रहने किरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठूूलो भूमिका खेलेको हुन्छ । 

यति मात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूूलो योगदान पु¥याएको हुन्छ । यही मौरीलाई व्यावसायिक रूपमा पालेर पछिल्लो समय मानिसले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । पछिल्लो समय युवाहरूको आकर्षण अझ बढी रहेको नेपाल मौरी पालक महासङ्घले जनाएको छ ।

थोरै लगानीमा वर्ष भरी आम्दानी हुने भएपछि कृषकहरू मौरीमा लगानी गर्न हौसिएका हुन् । अहिले नेपालमा महको मागसँगै यसको उत्पादनमा समेत वृद्धि भइरहेको छ । हाल मुलुकभर मेलिफेरा जातको मौरी (माहुरी) पालन गर्ने १३ हजार ५०० बढी किसान रहेका छन् । भने मौरीको घार सङ्ख्या एक लाख ४० हजारभन्दा बढी रहेको छ ।

यसरी दिनानुदिन मौरी पालन व्यवसाय किसानको रोजार्ईमा परिरहँदा चुनौती पनि बढ्दै गएको छ । नेपाली किसानले उत्पादन गरेको महले बजार नपाउने र ठुलो सङ्ख्यामा मह आयात हुँदा यस क्षेत्रका उद्यमी किसानहरू पछिल्लो समय समस्यामा रहेका छन् । आज हामी मौरी पालन व्यवसायको पछिल्लो अवस्था, समस्या र समाधानका विषयमा महासङ्घका अध्यक्ष सुवास चन्द्र घिमिरेसँग हलोखबरकर्मी रेखा जोशीसंगको कुराकानी । 

१ नेपालमा मौरी पालन व्यवसायको पछिल्लो अवस्था कस्तो छ ? 
पछिल्लो समय मौरी पालन व्यवसायमा किसानको आकर्षण बढ्दो छ । थोरै लगानीमा वर्ष भरी आम्दानी हुने भएपछि कृषकहरू मौरीमा लगानी गर्न हौसिएका हुन् । अहिले नेपालमा महको मागसँगै यसको उत्पादनमा समेत वृद्धि भइरहेको छ ।

अधिकांश गाउँका शैक्षिक बेरोजगार युवाहरू पैसा कमाउने चक्करमा भौँतारिइरहेको अवस्थामा मौरी पालन व्यवसाय रोजाईमा पर्न थालेका छन् । अहिले विदेशबाट फर्किएका युवाहरू पनि मौरी पालन व्यवसायतिर आकर्षित भइरहेका छन् । व्यावसायिक मौरी पालनतर्फ आकर्षित हुने किसानहरूको सङ्ख्यासँगै मौरीको घारहरूको सङ्ख्या पनि बढी रहेको छ ।

तर, मौरी पालन व्यवसायमा चुनौती पनि धेरै नै रहेका छन् । तर, मौरी गोला सङ्ख्या बढ्नु र किसानहरू यसतर्फ आकर्षित हुनुलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । नेपालका हिमालदेखि तराईसम्म मौरी पालन गर्न सकिन्छ ।

अहिले झापा, सुनसरी, मोरङ, चितवन, नवलपरासी, कास्की, पाल्पा, पर्वत, कैलाली, जुम्ला, सर्लाही, मकवानपुर, सुर्खेत, काभ्रे, दाङ, प्युठानलगायत जिल्लामा व्यावसायिक रूपमा मौरी पालन भइरहेको छ । मौरीको मह शारीरिक दुर्बलता, मधुमेह, रुघाखोकीलगायतका रोगको लागि अति उत्तम औषधि मानिन्छ । अधिकांश आयुर्वेदिक औषधिमा मह मिसाइएको हुन्छ ।

२ हाल नेपालमा कति मह उत्पादन हुन्छ र कति किसान यो व्यवसायमा जोडिनु भएको छ ? 
वास्तविक तथ्याङ्क हामीसँग पनि छैन । न त सरकारसँग नै छ । तर, हाम्रो अनुमानमा हाल मुलुकभर मौरी पालन गर्ने १५ हजार भन्दा बढी किसान रहेका छन् । भने मौरीको घार सङ्ख्या एक लाख ४० हजारभन्दा बढी रहेको छ ।

त्यस्तै हालसम्म एक लाख ७० हजार गोलाको काउन्टिङ भएको छ । नेपालमा विशेषगरी दुई प्रकारका मौरी पालिन्छ । एउटा युरोपियन मेनो फेरा हो । जसले मह उत्पादनमा मुख्य भूमिका खेलेको छ । अर्को सेरेना हो । यो स्थानीय मौरी हो ।

गत आर्थिक वर्ष ४ हजार मेट्रिक टन मह उत्पादन भएको थियो भने खपत ८ हजार मेट्रिक टन भएको सरकारी तथ्याङ्कले देखाएको छ । नपुग मह आयात भएको देखिन्छ । तर, नेपाली किसानले उत्पादन गरेको मह बिक्री नभएर समस्या छन् । 

३. अघि कुरा गर्दै जाँदा पछिल्लो समय व्यवसाय सङ्कटमा पर्न थाल्यो भन्दै हुनुहुन्थ्यो । किसानका समस्याहरूमा के कस्ता समस्या छन् ? 
अवसर हुँदा्हुँदै पनि पछिल्लो समय यो व्यवसाय सङ्कटमा पर्न थालेको छ । चरन अभावमा मौरी पालन व्यवसाय सङ्कटमा परिरहेको छ भने उत्पादित मह बिक्री नभएर पनि किसान मारमा छन् ।

पछिल्लो समय स्थानीय तह बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा विभिन्न बाधा अड्चन उत्पन्न भएको छ । स्थानीय तहले अनुमति माग्ने, सोही क्षेत्रका किसानले चरन नपुग्ने भन्दै अन्यत्रको मौरी ल्याउन नदिने, मौरीलाई विष राखी दिनेजस्ता समस्या देखा परेका छन् ।

कतिपय स्थानीय तहले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै अनुमति दिन आनाकानी गर्ने गरेको किसानको गुनासो छ । मुख्यरुपमा चिउरी, तोरी, तोरा, सिसौ, रुदिलो, सूर्यमुखी मौरीका आहारा हुन् । चिउरीका लागि दाङ, प्युठान, चितवनको शक्तिखोर र सिद्धि, मकवानपुरको राक्सीराङ मुख्य क्षेत्र हुन् ।

तर, ती क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा मौरी लैजान कठिन हुने गरेको छ । मौरी पालन व्यवसायका लागि सबैभन्दा ठुलो समस्या भनेको चरणको समस्या हो । घार गोला बढी रहेको छ । तर, चरन क्षेत्र पहिला जति हो त्यति नै छ जसले गर्दा उत्पादन घटेको छ ।

त्यस्तै, तीव्र रूपमा मानिसहरूको माइग्रेसन भएको कारण पनि समस्या सिर्जना भएको छ । यसले समथर भूभागमा हुने उब्जनीमा ह्रास आएको छ । कंक्रिटका बिल्डिङहरू ठडिएका छन् । पहाडी भूभागमा प्रत्येक वडा र प्रत्येक घरमा बाटो लाने प्रवृत्तिले फूल फुल्ने रुखहरू ढलेका छन् । यसले पनि उत्पादन घटेको छ ।

अर्को कुरा विभिन्न ठाउँमा मौरी चराउन जाँदा विषादी हालिदिने, घार फाल्दिने, चोरेर लगिदिने समस्या छ । यस्तै, उत्पादित महले समेत बजार पाउन कठिन भएको छ । नेपालमै उत्पादन हुँदा हुँदै चीन, भारतबाट मह आयात हुँदा नेपाली उत्पादन नबिक्ने अवस्थामा छ ।

आयात भएको महमध्ये कतिपयमा अखाद्य वस्तु मिसाइने गरेको बताइन्छ । त्यस्तै गरी हामीलाई घारहरूको पनि एकदमै समस्या छ । वनमा नेपाली काठहरू त्यतिकै कुहिएर गइरहेको छ तर हामीले एकदमै महँगोमा घार किन्न बाध्य छौँ । त्यसै गरी मौरी चरणको लागि सडक बाटो नभएर एकदमै समस्यामा छौँ । मोरीको घार बोकेर लैजान सम्भव छैन । गाडी जाँदैन । त्यसले गर्दा चरण क्षेत्रसम्म पुग्न किसानलाई कठिनाइ छ । 

४.सरकारी निकायबाट मौरी पालन व्यवसायमा कतिको सहयोग गरेको पाइन्छ ?
सरकारले सहयोग नै नगरेको पनि भन्न मिल्दैन । सरकारले मौरी सम्बन्धि गोष्ठी, सेमीनार, तालिम, छलफल तथा मौरीका घार अनुदानमा किसानले पाइरहेका छन् । तर वास्तवमा मौरी पालक किसानलाई चाहिएको सहयोग भन्दा सरकारले नचाहिएको ठाउँमा खर्च गरिरहेको छ ।

त्यसैले पनि प्रभावकारी भएको छैन । त्यस्तै प्रभावकारी खालको नीति पनि बनेका छन् तर कार्यान्वयन भने भएको छैन । उत्पादित मह गुणस्तरीय हो भनेर प्रमाणित गर्ने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला नेपालमा हालसम्म उपलब्ध छैन । अहिले नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महको गुणस्तर परीक्षण गरिरहेको छ ।

यो विभागले मात्र प्रमाणित गरेको मह विदेश निर्यात गर्न नसकिने व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित मह अर्ग्यानिक भएको र यसलाई प्रमाणित गराउन सके विदेशमा ठुलो परिमाणमा माग हुने छ । तर यस तर्फ सरकारको ध्यान जान सकेको छैन ।

नचाहिँदो कुरामा सरकारले लगानी गरिरहेको छ । मौरी अत्यन्तै अनुशासित, परिश्रमी र नीति पालना गर्ने कीरा हो। यस्तो नीतिवान कीराबारे नेपालमा अहिलेसम्म नीति बनेको छैन। मौरीमा एकीकृत नीति कायम गर्न हामीले विगत चार वर्षदेखि आवाज उठाइरहेका छौँ । तर खै सुनुवाइ भएको ?

नेपालको मौरी पालनलाई प्रतिस्पर्धात्मक व्यवसायको रूपमा रूपान्तरण गरी अतिरिक्त आयआर्जनको माध्यम बनाएर गरिबी न्यूनीकरणमा टेवा पु–याउने तथा व्यावसायिक मौरी पालन र स्थानीय प्रजातिका मौरीहरूको संरक्षण गरी पर्यावरणीय सेवा (परागसेचन) प्रवर्द्धन गरी जैविक विविधता संवर्द्धन गर्न आवश्यक छ । 

५. जस्तो मौरी पालन व्यवसायमा विभिन्न प्रकारका प्रविधि पनि आवश्यक पर्छ । नेपालमा चैँ उक्त प्रविधिहरू कतिको पयोग भएको पाइन्छ ? 
प्रविधिमा हामी जिरो अवस्थामा नै छौँ । अन्य देशको तुलनामा हामी धेरै पछाडि छौँ । नेपालमा उत्पादन महको क्वालिटी उच्च स्तरको छ । तर, नेपालमा अहिलेसम्म महको गुणस्तर मापन गर्ने सरकारी स्तरमा अन्तर्राष्ट्रिय मापदण्डको एउटा पनि ल्याब छैन ।

कोठामा बनाएर प्याकिङ गरेको पनि बजारमा मह नै हुने, हामी किसानले काढेको पनि मह नै हुने । सुगर कति हो, सुगर पगालेर बनाएको मह कस्तो हुन्छ भन्ने हेर्नको लागि नेपालमा ल्याब नै छैन । मौरीजन्य उपजहरू उत्पादन र उत्पादकत्वको प्रशस्त सम्भावना भएर पनि अपेक्षितरुपमा यसको प्रवर्द्धन गर्न सकिएको छैन ।

महको आन्तरिक आवश्यकतालाई पुरा गरी गुणस्तरीय मह निर्यात गर्नु चुनौतीको रूपमा देखिएको छ । त्यस्तै आधुनिक ज्ञान र सीपको उपयोग गर्न नयाँ प्रविधियुक्त सर सामानको आवश्यक पर्छ ।

आधुनिक मौरी पालन भन्ने बित्तिकै घार निरीक्षण गर्दा, मह झिक्दा अथवा मौरीको घार सार्दा प्रविधिको प्रयोग गर्न आवश्यक छ । तर नेपाली किसानले खासै उक्त प्रविधि प्रयोग गर्न पाएका छैनन् । 

६.निर्यातको सम्भावना कति छ ? 
निर्यातको सम्भावना असाध्यै धेरै छ । नेपालको चिउरी भन्ने जात विश्वमा कमै मात्रै छ । विदेशी बजारमा चिउरीको नेपाली मह भनेर ब्राण्डिङ गर्न सकेमा बजार राम्रो छ । यो विषयमा सरकारलाई थाहा पनि छैन ।

अन्तर्राष्ट्रिय ल्याबमा समेत परीक्षण गरेर विश्व बजारमा पु–याउन सके यसबाट ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । 

७.त्यसो भए तपाईँको विचारमा मौरी व्यवसाय प्रवर्द्धनमा सरकारले गर्नु पर्ने कामहरू के के हुन् ?
नेपालमा मौरी पालनलाई एउटा प्रतिस्पर्धात्मक र व्यवसायको रूपमा विकास गर्दै रोजगारीको अवसर सृजन गरी, महको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न आवश्यक छ । मेरो विचार यहाँलाई बुद्धागत रूपमा जानकारी गराउँछु । 
– मौरी चरनको सुधार, सुदृढीकरण र समुचित प्रयोग 
– पूर्वाधार, प्राविधिक ज्ञान र सिपमा सबै मौरीपालकहरुको पहुँचमा अभिवृद्धि गर्ने ।
– मौरीजन्य उपजहरूको उत्पादन ÷उत्पादकत्व बढाउने, लागत घटाउने, गुणस्तर सुधार गर्ने ,
– मौरीजन्य उपजहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने तथा व्यापार सन्तुलन गर्ने।
– रैथाने र स्थानीय मौरीहरूको संरक्षण संवर्द्धन गर्ने र मौरी गोलाहरूको सङ्ख्यात्मक वृद्धि गरी परागसेचन सेवाको अभिवृद्धि गर्ने । 
– मौरी पालन पेसामा परम्परागत मह सिकारी, आर्थिक तथा सामाजिक रूपले पिछडिएका वर्गहरूलाई मूल प्रवाहीकरण गरी गरिबी न्यूनीकरणमा सहयोग पु–याउने ।

८.अन्त्यमा मौरी पालक महासङ्घले मौरी पालक किसानको प्रवर्द्धन गर्न कस्तो भूमिका खेलिरहेकोको छ जानकारी गराईदिनुन ? 
नेपाल मौरी पालक महासङ्घ वि।सं। २०५५ सालमा स्थापना भएको संस्था हो । २०५४ साल चैत १३ गते चितवनको जुगुडीमा डाबर नेपालको मध्यस्थतामा नेपाल मौरी पालक केन्द्रीय सङ्घ भनेर हामीले स्थापना गरेका हौँ ।

यसमा ८ जिल्लाका २२३ जना किसानहरू सहभागी थिए । म पनि २०५९ सालदेखि यस संस्थामा आबद्ध भएको हुँ । हामीले २०६२ सालमा नेपाल मौरी पालक महासङ्घ बनायौँ ।

महासङ्घ भएपछि २० वर्षे ९२०५५ सालदेखि ०७२ सालसम्म० खाका तयार गरेका थियौँ । त्यसमा हामीले एउटा सपना देखेका थियौँ । त्यसमा रणनीति, सवाल, कार्य कसरी गर्ने भन्ने योजना रहेका थिए ।

जुन २०६२÷६३ सालको परिवर्तन, २०७२ सालमा आएको नयाँ संविधान, २०७४ सालमा सरकारको स्वरूप परिवर्तन भयो । यसले गर्दा हामीले मेहनत गरेर बनाएको २० वर्षे खाकाले आकार लिन सकेन ।

जिआईजेट, इसिमोडजस्ता अन्तर्राष्ट्रिय दाता संस्थाहरूकाको सहयोग प्राप्त भएको थियो ।  जुन २०७४ मा बनेको नयाँ सरकारले विदेशका एनजिओ÷आइएनजीओहरू सरकारको बास्किन फण्डमा दाखिला हुनुपर्ने नीतिले ती संस्थाहरूसँग हाम्रो सम्बन्ध टुट्यो ।

त्यसपछि आएको स्थानीय, प्रदेश र सङ्घीय सरकारले नयाँ रणनीति ल्यायो । प्रदेश र स्थानीय सरकारले यो काम त आफैँ गर्छौ भन्न थाल्यो । जसले गर्दा हामीले देखेका सपना पूरा हुन सकेन । पहिलेजस्तो गैरसहकारी संस्थाहरूको सहयोग छैन । जुन समयमा हामीले पुस्तकहरू प्रकाशन तथा बाल्टीहरू वितरण जस्ता विभिन्न कार्यहरू गरेका छौँ ।  

साभार:हलो खबर

मङ्गलबार २६ भदौ २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया