×

४३ औं खाद्य दिवसको अवसरमा ‘जलवायु संकट र खाद्य सम्प्रभुता’बारे सामुहिक छलफल

images

 ४३ औं खाद्य दिवसको अवसरमा ‘जलवायु संकट र खाद्य सम्प्रभुता’बारे सामुहिक छलफलको आयोजना गरिएको छ । दीगो विकास इन्स्टिच्युट, खाद्यकालागि कृषि अभियान, फियान, राइट टु फूड अर्गनाइजेशन लगायत विभिन्न छ वटा संघसंस्थाले आयोजना गरेको कार्यक्रममा दीगो विकास इन्स्टिच्युटका तर्फबाट प्रयास अधिकारीले जलवायु संकट र खाद्य सम्प्रभुता’बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेको थिए ।

उनले प्रस्तुत गरेको प्रस्तुती पनि विभिन्न निकायबाट सहभागीहरुले आफ्ना धारणा राखेका थिए । अधिकारीको प्रस्तुतीमा भनिएको छ, ‘जलवायु परिवर्तन समस्यामै छ, तर अव जलवायु संकटको अवस्थामा पुगेको छ । मौसम परिवर्तनले कृषिमा समेत ठूलो असर गरिरहेको छ । कृषि, खाद्यन्न, खाद्य उत्पन्नमा प्रभाव पारिरहेको छ ।’ 

चरम मौसमी घटनाहरु र कृषि उत्पादकत्व, कृषि क्षेत्र र बाली ढाँचाहरुमा परिवर्तन, जैविक विविधता र खाद्य सुरक्षाको हानि, खाद्य सार्वभौम हुन समुदायको क्षमता घटाउने जस्ता विषयमा छलफल भएको थियो । 

कर्पोरेट कृषिले समाधान दिन सक्दैन ? अवको आवश्यकता के हो ? यस्ता प्रश्नहरुबारे पनि छलफल भएको थियो । यसको निमूलीकरणकालागि नीतिगत विकास, जलवायु परिवर्तनको राजनीतिकरण, स्थानीय कृषि प्रणालीलाई प्राथामिकता, गलत समाधानको अन्त्य, स्थानीय र स्वदेशी कृषि प्रणालीमा केन्द्रित अनुसन्धान तथा कृषि तथा खाद्य सम्प्रभुतामा जलवायु संकटको मूल्याङ्क र संलग्नताको आवश्यकता भएकोबारे छलफलले ठहर गरेको थियो । 

सांसद मेटमणी चौधरी, कार्यक्रममा खाद्यकालागि कृषि अभियानको तर्फबाट दीपेश नेपाल, जिफन्डकातर्फबाट तारानिधी पन्त, इन्टरनेशनल कमिशन अफ जुरिस तथा अधिवक्ता करुणा पराजुली लगायत दर्जनौ युवा विद्यार्थीहरुले ‘जलवायु संकट र खाद्य सम्प्रभुता’बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

साभार:हलोखबर

शनिबार २७ असोज २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया