×

दश जना महिलाको हिम्मतले बाख्रापालन व्यवसाय फस्टाउँदै

images

झापाका महिलाहरू व्यावसायिक बाख्रापालनमा सक्रिय भएका छन् । झापाको दमक नगरपालिका ५ का महिलाहरू दिव्य महिला समूहमा आबद्ध भएर व्यावसायिक बाख्रापालनमा जुटेका हुन् ।

व्यवस्थित खोर निर्माण र घाँस खेती गरी उनीहरू २ वर्षदेखि बाख्रापालनमा सहभागी हुँदै आएका हुन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले अनुदान सहयोग प्रदान गरेपछि महिलाहरूले व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका हुन् ।

आयोजनाले कृषक समूहलाई कुल लगानीकोे ५० प्रतिशत अनुदान प्रदान गरेको हो । जसअन्तर्गत समूहले ८० लाख रुपैयाा प्राप्त गरेको छ । दिव्य महिला समूहमा १० जना महिला आबद्ध रहेका छन् । उनीहरूको दैनिकी बाख्राको हेरचाह र स्याहारमा बित्दै आएको छ । समूहले एकीकृत रूपमा बाख्रापालन गरेको छ ।

सबैका बाख्रा एउटै खोरमा रहेका समूहकी अध्यक्ष अनिता खत्रीले बताइन् । खोरलाई ५ वटा ब्लकमा छुट्याइएको छ । समूहकी अध्यक्ष खत्रीका अनुसार खोरमा ३ सय वटा बाख्रा रहेका छन् । केही बाख्रा रोगका कारण मरे पनि अहिले भने पाठापाठी जन्मेर हुर्किँदै छन् । अध्यक्ष खत्रीका अनुसार अब आम्दानी धमाधम हुन थालेको छ ।

समूहले बाख्राको खोर निर्माणका लागि ९६ लाख रुपैयाँ खर्च गरेको छ । जसअन्तर्गत पर्खाल निर्माण तथा पिसाब संकलन गर्ने व्यवस्थित खाल्डो पनि रहेको छ । हाल खोरमा खरी र अन्य स्थानीय जातका बाख्रा रहेका छन् । समूहले खोरमा उन्नत नश्लका बोका भन्दै बोयर जातका बोका पनि खरीद गरेको थियो । बोका खरीद गर्दा एउटा बोकाको मूल्य २ लाख ७० हजार परेको थियो । समूहले जम्मा ३ वटा शतप्रतिशत बोयर जातका बोका खरीद गरेको थियो ।

सुरुको वर्ष लगाइएको घाँस राम्ररी नफस्टाउँदा ठूलो परिमाणमा साइलेज खरीद गर्नुपरेको उनले बताइन् । उक्त साइलेज झापाबाटै प्रतिकिलो ११ रुपैयाँकमा खरीद गरेका थिए । जसले गर्दा केही खर्च थप भएको उनको बुझाइ छ । यसरी उनीहरूको लगानी बढेर कूल १ करोड ९६ लाख पुगेको थियो ।

खोरको बनोट हेर्दा बोयर जातकै बाख्राका लागि ज्यादा उपयुक्त देखिएको प्राविधिकले सल्लाह दिएको अध्यक्ष खत्रीले बताइन् । आगामी दिनमा स्थानीय भन्दा पनि उन्नत जातकाम बोयर बाख्रा नै खोरमा पाल्ने योजना रहेको उनले बताइन् । उनका अनुसार अब विस्तारै बाख्रा बढाउँदै लैजाने समूहको सोच रहेको छ ।

बाख्रापालनका लागि समूह आफूले २० प्रतिशत लगानी गरेको थियो भने बैंकबाट ३० प्रतिशत रुपैयाँ ऋण लिएका थिए । कूल लगानीमध्ये कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको ८० लाख रुपैयाँ अनुदान रहेको छ ।

सुरुको वर्षमा १२ लाखको साइलेज खरीद

बाख्राको आहारका लागि कूल ५ बिघा खेतमा घाँसखेती गरिएको छ । खोरमा रहेका करीब ५० देखि ६० बाख्रालाई चरनका लागि चरनक्षेत्र पनि बनाइएको अध्यक्ष खत्री बताउँछिन् । उनीहरूले बाख्रालाई चरनक्षेत्रमा पनि छाड्ने गरेका छन् । तर सुरुका वर्षमा भने उनीहरूले बाख्राको आहारका लागि १२ लाख रुपैयाँको साइलेज खरीद गरिएको खत्रीले बताइन् ।

सुरुको वर्ष लगाइएको घाँस राम्ररी नफस्टाउँदा ठूलो परिमाणमा साइलेज खरीद गर्नुपरेको उनले बताइन् । उक्त साइलेज झापाबाटै प्रतिकिलो ११ रुपैयाँकमा खरीद गरेका थिए । जसले गर्दा केही खर्च थप भएको उनको बुझाइ छ । यसरी उनीहरूको लगानी बढेर कूल १ करोड ९६ लाख पुगेको थियो ।

एनएलएसआईपीबाट अनुदान पाएपछि महिलाहरू स्वरोजगार बने

समूहमर्फत बाख्रापालन सुरु भएसँगै स्थानीय महिलाहरू स्वरोजगार भएका छन् । आगामी दिनमा खोरलाई थप व्यवस्थित बनाउँदै लैजाने हो भने किसानको जीवनस्तर उकास्न टेवा पुग्ने छ । समूहले २०७८ को बैशाखमा सम्झौता गरेर सोही वर्षको चैतमा उपआयोजना सम्पन्न गरेको थियो ।

सबैका बाख्रा एउटै खोरमा रहेका समूहकी अध्यक्ष अनिता खत्रीले बताइन् । खोरलाई ५ वटा ब्लकमा छुट्याइएको छ । समूहकी अध्यक्ष खत्रीका अनुसार खोरमा ३ सय वटा बाख्रा रहेका छन् । केही बाख्रा रोगका कारण मरे पनि अहिले भने पाठापाठी जन्मेर हुर्किँदै छन् । अध्यक्ष खत्रीका अनुसार अब आम्दानी धमाधम हुन थालेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदानको फरक मापदण्डका  कारण अनुदानले गर्द लगानीकको सही ठाउँमा सदुपयोग भएको खत्रीले बताइन् । एनएलएसआईपीको ५० प्रतिशत अनुदान पाउन संस्थाको २० प्रतिशत लगानी र बैंकको ३० प्रतिशत ऋण लगानी अनिवार्य हुने आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्का बताउँछन् ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना छनोट गरिएका पशुजन्य मूल्य शृंखलामा उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालद्वारा विश्व बैंकको ऋण सहयोगमा सञ्चालन गरिएको हो ।

साभार:halokhabar.com

बुधबार ६ असार २०८० ०४:३० AM मा प्रकाशित

प्रतिक्रिया