×

नामियाको अध्यक्षमा कृष्ण शर्मा र सचिवमा गौरव श्रेष्ठ निर्विरोध

images

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को अध्यक्षमा अहिलेका महासचिव कृष्ण शर्मा निर्विरोध अध्यक्ष हुने भएका छन्। आज सम्पन्न उम्मेद्ववारी समारोहमा शर्माको मात्र परेपछि उनी निर्विरोध अध्यक्ष हुने भएका हुन। अहिलेका अध्यक्ष खोजराज कटवाल पनि अध्यक्षमा पुनः उठ्ने हल्ला भएपनि उनले निर्धारित समयमा उम्मेद्वारी दिएनन्। त्यसैगरि, त्यसैगरि, सचिवमा गौरव श्रेष्ठ पनि निर्विरोध भएका छन् । 
अन्य उम्मेद्वारीको नामावलीको अन्तिम परिणााम भोली सार्वजनिक हुनेछ।

त्यसैगरि, उपाध्यक्षमा सुनिता नेम्हाफूकी र सविन्द्र निर्वास त्रिपाठी, महासचिवमा अर्जुन लुइटेल र झमक प्रसाद घिमिरेको उम्मेद्धवारी परेको छ । कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी र केशव गैरेले उम्मेद्धवारी दिएका छन

निर्वाचन समिति संयोजक डालप्रसाद पुडाशैनीले दिएको जानकारी अनुसार सदस्यहरुमा राजेन्द्र जंग रायमाझी, गौतम महर्जन, शन्तोष कुमार श्रेष्ठ, रोशन प्रसाद ढकाल, सक्कल थापा, सकुन्तला कुमारी सुवेदी, पुस्कल गिरी, हरि खरेल, गणेश प्रसाद वस्याल, सुर्य गौतम, धिरेन्द्र बहादुर ऐर लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

साभार:हलो खबर

मङ्गलबार २ असोज २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया