×

पाण्डेको मधेश प्रदेश तथा कोइरालाको बागमती प्रदेशस्थित कृषि मन्त्रालयमा पद बहाली

images

 भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशको सचिवमा डा.शरणकुमार पाण्डेले आजदेखि पदबहाली गरेका छन् । बागमतीस्थित कृषि मन्त्रालयबाट सरुवा भएर गएका पाण्डेलाई आज मधेश प्रदेशस्थित कृषि मन्त्रालयका पदाधिकारीहरुले स्वागत गरेका थिए । पद बहाली हुने क्रममा पाण्डेले आगामी दिनमा टीम वर्क भएर काम गरे कृषिको विकास अवश्व हुने बताए । 
यसैगरि, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाका प्रमुख राजेन्द्र कोइरालाले पनि केहि दिन पहिले बागमतीस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पद बहाली गरेका थिए । उनको बागमती प्रदेशस्थित कृषि मन्त्रालयमा सरुवा भएको थियो । उनलाई पनि बागमती प्रदेशस्थित कृषि मन्त्रालयका कर्मचारीहरुले एक समारोहवीच स्वागत गरेका थिए । 

साभार:हलो खबर

बुधबार ३ असोज २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया