×

परिक्षणको रुपमा लगाएको किवी खेतीले राम्रो उत्पादन दिन थालेपछि व्यावसायिक खेती

images

भौगोलिक हिसाबले दुर्गम र पछाडी परेको हिमाली क्षेत्र पूर्वी रुकुम  जिल्लाको भूमे गाउँपालीकाको एक  कृषक परीक्षण्को रुपमा लगाएको किवी खेतीको उत्पादन राम्रो भएपछि कृषहरु अहिले व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। भूमे गाउपालिका वडा नं. ५ डालीबाडका कृषक माहोनसिंह पुनले मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केवी तर्फ आर्कषित भएका हुन्।
बजारमा माग राम्रो भएको एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने  भएकोले किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक  बताउँछन्। किवी खेतीबाट राम्रो आम्दानी हुने र एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने हुदा  पुनः अन्य बाली लगाउन भन्दा  व्यावसायिक किवीखेतीमा लागेको  उनको भनाई रहेको छ। अहिले उनले भूमे गाउँपालीका वडा नम्बर ५ डालिबाङमा आफ्नै १५ रोपनी जग्गामा व्यावसायिक किवी खेती  गरिरहेका छन। त्यतिमात्र होईन उनले घर परिवार सबैलाई खान पुग्ने तरकारी र सात सय भन्दा बढी लोक्ल कुखुरा पनि पालेका छन ।

उनले कुखुरा पालनबाट मासिक २० देखि २५ हजारसम्म कमाउछन । विदेश जानलाई बनाएको पासपोर्ट सिरानीमा  राखेका छन।अहिले उनि उमेरले ३८ बर्ष भएका भए। बिभिन्न पुस्तक तथा यूट्युवहरुमा किवी खेंती प्रबिधीको बारेमा अध्ययन गरेका कृषक पुनले भने, ‘धैरे स्थानमा रहेका किवी फर्महरुको पनि अबलोकन गरेर आफूले पनि परीक्षणको रुपमा किबी लगाएको हुँ ।’

पहिलो वर्षमै बोटले राम्रै फल दिन थालेपछि करिब १० लाख लगानीकमा उनले किबी खेती सुरु गरेका हुन । २०७७ साल माघ महिनामा लगाएको किबीले २ बर्षमै फल दिएपछि उनी दंग छन् । भूमे गाउँपालीका उचाइको हिसावले किवी खेति गर्न उपयुक्त हुने पत्ता लागेपछि किवि खेतीतर्फ आफु आकर्षण भएको र अहिले पोथी जातको हेवार्ड, एलिसन बुरनो, रेड किवी, गोल्डेन र भाले जात अन्तर्गत टुमरो एलेसन जातका किबी लगाएका छन।

यस्तै माहोनसिंह पुनले गरेको व्यवसायिक किवी खेती देखेर डालिबाङको ५९ बर्षीया निम बहादूर बुढाले पनि करिब ३ सय बोट किवी खेती सुरु गरेका छन् । पुनले मकै फल्ने बारी मासेर ३ वर्षअघिबाट किवीको व्यावसायिक खेती सुरु गरेका हुन । पुनकाअनुसार आफ्नो बारीमा उत्पादन भएको किवी गाउँमै खपत हुन्छ । केहि बाँकी भने बाहिरी जिल्लामा बिक्री गर्ने माहोनसिंह पुनले जानकारी दिए । किवी प्रति केजी रु दुई सय ५० देखि रु तीन सयमा स्थानीय बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ। आफ्नो  व्यवसायिक किवी खेतीदेखि लगभग ५ किमि नजिकै मध्यपहाडी लोकमार्गसमेत रहेको छ।

साभार:हलोखबर

बुधबार ६ मंसिर २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया